यूईएफए नेसन्स लिग फुटबलमा इटालीले बोस्नियालाई हरायो

 मंसिर ४, २०७७ बिहिबार १३:२६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा इटालीले बोस्निया एण्ड हर्जगोबिनालाई २-० गोलले हराएको छ ।

राति भएको समूह चरणको अन्तिम खेलमा इटालीले बोस्नियालाई २-० गोलले हराएको हो । बोस्नियाको मैदानमा इटालीलाई जित दिलाउन आन्द्रे बेलोट्टी र डोमिनिको बेरार्डीले एक/एक गोल गरे ।

खेलको २२ औं मिनेटमा बेलोट्टीले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा बेरार्डीले गोल गर्दै इटालीको जित पक्का गरे । जितसँगै लिग ‘ए’ को समूह ‘ए’ मा रहेको इटालीले नेसन्स लिगको अन्तिम चारमा स्थान पक्का गरेको छ । इटालीले ६ खेलमा १२ अंक जोड्यो ।

इटालीले अब अन्तिम चारमा फ्रान्स, बेल्जियम र स्पेनसँग खेल्नेछ । अन्तिम चारको खेल २०२१ को अक्टोबरमा हुनेछ । २ अंक जोडेर पुछारमा रहेको बोस्निया भने रेलिगेसनमा परेको छ । अर्को वर्ष बोस्नियाले लिग बी खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया