म्यान्चेस्टर सिटीसँग ग्वार्डीवालाको सम्झौता नवीकरण

 मंसिर ५, २०७७ शुक्रबार ६:८:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - म्यान्चेस्टर सिटीसँग ग्वार्डीवालाको सम्झौता नवीकरण इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीवालाले क्लबसँग सम्झौता नवीकरण गरेका छन् ।

ग्वार्डीवालाले सन् २०२३ सम्म क्लबमा रहने गरी नयाँ सम्झौता गरेका हुन् । स्पेनिस प्रशिक्षक ग्वार्डीवालाको सम्झौता यसै सिजनको अन्त्यमा सकिने थियो । तर, सिटी सम्झौता नसकिँदै ग्वार्डीवालालाई क्लबमा राख्न सफल भएको छ । ४९ वर्षका प्रशिक्षक सन् २०१६ मा सिटी आएका थिए ।

सिटीलाई उनले दुई पटक प्रिमियर लिगको उपाधि दिलाएका छन् । उनले सन् २०२३ सम्म रहने गरी सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया