अमेरिकी चुनाव : जर्जियाकाे फेरि गनिएकाे मतमा पनि जाे बाइडेन विजयी

 मंसिर ५, २०७७ शुक्रबार १३:१२:९ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – अमेरिकी राष्ट्रपतीय चुनावमा डोनाल्ड ट्रम्पलाई फेरि अर्काे एक झट्का लागेको छ । ​जर्जिया राज्यका चुनाव अधिकारीहरुले जो बाइडेनले डोनाल्ड ट्रम्पलाई हराएको पुष्टि गरेका हुन् । 

त्यहाँको सुरुवाती नतिजामा जो बाइडेन अघि चलिरहेका थिए तर ट्रम्प खेमाको आपत्ति पछि फेरि मत गनिएको थियो । 

कुल मतको हिसाबमा अहिले जो बाइडेनको जितको अन्तर ५९ लाखभन्दा धेरै छ । 

अमेरिकाको इलेक्टोरल कलेज मतको अनुसार जो बाइडेनसँग ३०६ र ट्रम्पसँग २३२ मत छ । जितको लागि २७० मत आवश्यक पर्छ । 

जो बाइडेनले फेरि एक पटक हार स्वीकार नगरेको भन्दै डोनाल्ड ट्रम्पको आलोचना गर्दै उनको व्यवहारलाई गैरजिम्मेवार बताएका छन् । 

उनले भने, ‘ट्रम्पलाई आफूले जित्दिनँ भन्ने लागेको थियो ।’ 

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया