खाँदबारी नगरपालिकाका मेयर खतिवडालाई हेलिकप्टर चार्टर्ड गरेर काठमाण्डौ लगियो

 मंसिर ५, २०७७ शुक्रबार १४:१:५८ | नवीन गुरुङ
unn.prixa.net

मेयर मुरारीप्रसाद खतिवडा

सङ्खुवासभा – सङ्खुवासभाको खाँदबारी नगरपालिकाका मेयर मुरारीप्रसाद खतिवडा बिरामी परेपछि उपचारको लागि हेलिकप्टर चार्टर्ड गरेर काठमाडौ लगिएको छ ।

शुक्रबार स्वास्थ्यमा खराबी आएपछि मेयर खतिवडालाई उपचारको लागि हेलिकप्टरमार्फत काठमाण्डौ लगिएको उहाँका स्वकीय सचिव सन्तोष चापागाईँले जानकारी दिनुभयो ।

चापागाईँका  अनुसार, मेयर खतिवडा केही दिन अघिदेखि सामान्य बिरामी पर्नुभएको थियो । तर शुक्रबार बिहान एक्कासी ज्वरो आउने, श्वासप्रश्वास र घाँटीमा समस्या देखिएपछि उपचारका लागि हेलिकप्टर चार्टर्ड गरेर काठमाण्डौ लगिएको उहाँले बताउनुभयो ।

मेयर खतिवडाका साथमा उहाँका स्वकीय सचिवका भाइ सन्देश चापागाईँलाई समेत उस्तै समस्या देखा परेपछि दुवै जनालाई एउटै हेलिकप्टरमा काठमाण्डौ लगिएको हो ।    
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया