नेपालगञ्ज म्याराथनको उपाधि पार्कीलाई, टोकियो ओलम्पिकमा छनोट

 मंसिर ६, २०७७ शनिबार ११:४९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - छैठौं धारा नेपालगञ्ज म्याराथनको उपाधि नेपाल एपीएफ क्लबका धावक गोपीचन्द्र पार्कीले  जितेका छन् ।

बिहान भएको म्याराथनमा उनले उपाधि जितेका हुन् । जितसँगै उनी अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन् ।  उनले त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतलाई पछि पार्दै उपाधि जितेका हुन् । १३ औं दक्षिण एसियाली खेलकुद सागका ५ हजार मिटर दौडका स्वर्ण विजेतासमेत रहेका गोपीचन्द्र पार्कीले निर्धारित ४२ दशमलव १९५ किलोमिटर दूरी २ घन्टा १८ मिनेट ५९ सेकेन्डमा पूरा गरे ।

दोस्रो भएका आर्मीका बस्नेतले २ घन्टा २० मिनेट ४९ सेकेन्डमा पूरा गरे । आर्मीकै खगेन्द्र भाटले २ घन्टा २७ मिनेट २८ सेकेन्डमा पूरा गर्दै तेस्रो भए । उपाधि जितेसँगै गोपीचन्द्रले ७५ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया