राष्ट्रिय कविता महोत्सव मङ्सिर २९ मा

 मंसिर ६, २०७७ शनिबार १३:३०:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल प्रज्ञा प्रतिष्ठानले यस वर्षको राष्ट्रिय कविता महोत्सव आउँदो मङ्सिर २९ गते काठमाण्डौमा आयोजना गर्ने भएको छ ।

प्रतिष्ठानको स्थापना दिवसका अवसरमा हरेक असार ९ गते हुँदै आएको प्रतियोगितात्मक महोत्सव कोभिड–१९ का कारण स्थगित गरिएको थियो । प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले अब भौतिक दुरी कायम गरी महोत्सव गर्ने नयाँ मिति तय गरिएको बताउनुभयो ।

प्रतिष्ठानले २०२२ सालदेखि महोत्सव गर्दै आएको छ । यसअघि २०७२ सालमा गएको भूकम्प कारण कविता महोत्सव स्थगित भएको थियो । प्रतिष्ठानले प्रतियोगिताको पुरस्कार राशिसमेत बढाउने निर्णय गरेको छ ।

प्रतिष्ठानका सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायका अनुसार प्रथम हुनेलाई ५० हजार, द्वितीय हुनुलाई ४० हजार र तृतीय हुने तीन जनालाई जनही ३० हजार रुपैयाँ नगदसहित पदक र प्रमाणपत्र दिइने छ ।  

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया