भारतकाे उत्तर प्रदेशमा विषाक्त रक्सी पिउँदा ६ जनाकाे ज्यान गयाे, १५ जना बिरामी

 मंसिर ६, २०७७ शनिबार १५:२०:२२ | एजेन्सी
unn.prixa.net

घटनास्थलमा प्रहरी

काठमाण्डाै – भारतको उत्तर प्रदेश राज्यमा विषाक्त रक्सी पिउँदा ६ जनाकाे ज्यान गएको छ । त्यस्तै अरू १५ जना गम्भीर बिरामी भएका छन् ।

प्रयागराज जिल्लामा भएको घटनामा बिरामी भएकाहरूकाे स्थानीय अस्पतालमा उपचार भइरहेको बीबीसीले जनाएको छ । प्रहरीले विषाक्त रक्सी बिक्रेतासहित तीन जनालाई पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएको छ ।

बिहीबार बेलुकी एक पसलबाट रक्सी किनेर लगेकाहरू रक्सी पिएपछि बिरामी परेका थिए । बिहीबार नै एक जनाको ज्यान गएकाे तथा हिजाे र आज गरी मृतककाे सङ्ख्या ६ पुगेको खबरमा उल्लेख छ ।

एक हप्ताअघि पनि उत्तर प्रदेशको राजधानी लखनउमा विषाक्त रक्सी पिएका ६ जनाको ज्यान गएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया