प्रिमियर लिग : टोटेनह्याम, चेल्सी, ब्राइटन र म्यान्चेष्टरको जित, टोटेनह्याम शीर्ष स्थानमा

 मंसिर ७, २०७७ आइतबार ६:८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टोटेनह्याम इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।

राति म्यान्चेष्टर सिटीलाई २-० गोलले हराउँदै टोटेनह्याम शीर्ष स्थानमा उक्लिएको हो । सन ह्युङ मिन र वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका जियोवानी लो सेलोले घरेलु टोलीलाई जित दिलाउन एक/एक गोल गरे । टोटेनह्यामले लिगमा लगातार चार खेलमा जित निकालेको छ ।

टोटेनह्यामले प्रिमियर लिगमा चेल्सी र लेस्टर सिटीसँग २ अंकको अग्रता लिएको छ । शीर्ष स्थानको टोटेनह्यामको २० अंक छ । सिटी तालिकाको १० औं स्थानमा छ । अर्को खेलमा भने चेल्सीले न्युक्यासल युनाइटेडलाई २-० गोलले हराएको छ । न्युक्यासललाई हराएसँगै एकैछिन चेल्सी शीर्ष स्थानमा उक्लिएको थियो ।

फेरि म्यान्चेष्टर सिटीलाई २-० गोल अन्तरले हराउँदै टोटेनह्याम शीर्ष स्थानमा फर्किएको हो । यस्तै अर्को खेलमा ब्राइटनले एस्टन भिल्लालाई २-१ गोलले हराएको छ । आज बिहान भएको अर्को खेलमा म्यान्चेष्टर युनाइटेडले वेष्ट ब्रुमलाई १-० ले हराएको छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया