एटीपी फाइनल टेनिस प्रतियोगिताको उपाधि रुसका मेद्बेदेभलाई

 मंसिर ८, २०७७ सोमबार ११:५०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यस वर्षको एटीपी फाइनल टेनिस प्रतियोगिताको उपाधि रुसका डानिल मेद्बेदेभले जितेका छन् ।

लण्डनमा राति भएको फाइनल खेलमा अष्ट्रियाका डोमिनिक थिएमलाई हराउँदै मेद्बेदेभले अहिलेसम्मकै ठूलो उपाधि हात पारेका हुन् । सिजनको अन्तिम प्रतियोगिताको फाइनल खेलको पहिलो सेट थिएमले ६-४ ले जिते । तर दोस्रो र तेस्रो सेट क्रमशः ७-६ र ६-४ ले जित्दै मेद्बेदेभले उपाधि पक्का गरे ।

मेद्बेदेभले फाइनलअघि शीर्ष खेलाडीहरु नोभाक जोकोभिच र राफाल नाडाललाई हराएका थिए ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया