नेपाल–भारत परराष्ट्र सचिवस्तरीय बैठक सकियाे

 मंसिर ११, २०७७ बिहीबार १६:५८:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल र भारतका परराष्ट्र सचिवहरूको दुईपक्षीय वार्ता सम्पन्न भएको छ ।

वार्तापछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलाले छलफलको राम्रो सुरुवात भएको प्रतिक्रिया दिनुभएको छ । उहाँले दुई देशको बीचमा देखिएका समस्या समाधान गर्ने विषयमा छलफल भएको बताउनुभयो । आर्थिक सहकार्यदेखि पूर्वाधार निर्माणलगायतका विषयमा पनि छलफल गरिएको श्रृङ्गलाले बताउनुभयो । 

वार्तामा परराष्ट्र सचिव भरतराज पौडेल र भारतीय विदेश सचिव श्रृङ्गला सहभागी हुनुहुन्थ्यो । भारतीय विदेश सचिव श्रृङ्गला दुई दिने औपचारिक भ्रमणका लागि आज (बिहीबार) बिहान काठमाण्डौ आइपुग्नुभएको हो ।  

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया