इजरायली बन्धकको रिहाइ रोक्ने हमासको चेतावनी
माघ २९, २०८१ मंगलबार
टर्किएका राष्ट्रपति रेसेप तैयप एर्दोगानले प्यालेस्टाइनीलाई आफ्नो देशबाट विस्थापित गर्ने अधिकार कसैलाई नभएको बताउनुभएको छ । एर्दोगानले गाजाका मानिसहरूलाई उनीहरूको प्राचीन र अनन्त मातृभूमिबाट निकाल्ने शक्ति कसैसँग नभएको बताउनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । गाजा, वेस्ट बैंक र पूर्वी जेरुसेलम सबै प्यालेस्टाइनका भएको उहाँको भनाइ छ ।
इजरायल र हमासबीच युद्धविराम सम्झौता भए पनि अमेरिका र इजरायली नेतृत्वको दिमागमा अझ खराब र अमानवीय योजनाहरू आइरहेको भन्दै एर्दोगानले आपत्ति जनाउनुभएको छ । केही दिनअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाका सबै मानिसलाई अरू देशमा सारेर अमेरिकाले त्यहाँ विकास गर्ने र नियन्त्रणमा लिने प्रतिक्रिया दिनुभएको थियो । हिजो मात्रै उहाँले गाजाको क्षेत्र अरब देशहरुलाई बाँडेर दिन सकिने आपत्तिजनक अभिव्यक्ति पनि दिनुभएको थियो ।
यस्तै हिजो नै इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले एउटा टीभी अन्तर्वार्तामा साउदी अरबलाई प्यालेस्टाइनको माया लागेको भए आफ्नै भूमि दिएर प्यालेस्टाइन राज्य स्थापना गर्न सक्ने प्रतिक्रिया दिनुभएको छ । ट्रम्प र नेतान्याहू दुवैको टिप्पणीले क्षेत्रीय र अन्तर्राष्ट्रिय आक्रोश उत्पन्न गरेको छ । धेरै देशहरूले प्यालेस्टाइनलाई आफ्नो मातृभूमिबाट विस्थापित गर्ने अभिव्यक्तिको विरोध गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।