प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच शिष्टाचार भेटवार्ता

 मंसिर ११, २०७७ बिहीबार १८:७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – भारतीय विदेश सचिव हर्षवर्धन शृङ्गलाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ । 

बिहीबार बिहान काठमाण्डौ आउनुभएका शृङ्गलाले प्रधानमन्त्री निवास बालुवार पुगेर प्रधानमन्त्री ओलीलाई भेट्नुभएको हो । उहाँहरुबीच साँझ भेटवार्ता भएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । 

यसअघि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेश सचिव हर्षवर्धन शृङ्गलाबीच भेटवार्ता भएको थियो । सिंहदरबारमा भएको भेटमा भारतीय विदेश सचिव शृङ्गलाले कोरोनाको खोपमा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले कोरोनाविरुद्धको खोप पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको हो । 

दुई दिने भ्रमणका लागि आउनुभएका शृङ्गला शुक्रबार दिउँसो एक बजे स्वदेश फर्कने कार्यक्रम छ ।  

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया