इङ्ग्लिस प्रिमियर लिग : दश वटा क्लबको रङ्गशालामा दुई हजार दर्शकले बसेरै खेल हेर्न पाउने

 मंसिर १२, २०७७ शुक्रबार ६:१०:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिगका विभिन्न १० क्लबको रंगशालामा सीमित दर्शकलाई प्रवेश दिइने भएको छ ।

इङ्ग्ल्यान्ड सरकारले लिभरपुल,आर्सनल, चेल्सीलगायत १० क्लबको मैदानमा दर्शकलाई प्रवेश अनुमति दिएको हो । इङ्ग्ल्यान्ड सरकारले डिसेम्बर २ अर्थात् आउँदो बुधबारपछि सीमित दर्शकलाई रंगशाला प्रवेशको अनुमति दिने निर्णय गरेको हो । लिभरपुल, आर्सनल, चेल्सी, टोटेनह्याम, क्रिस्टल प्यालेस, ब्राइटन, एभर्टन, फुलहम, साउथह्याम्पटन र वेस्ट ह्यामको मैदानमा दुई हजार दर्शकले बसेरै खेल हेर्न पाउने भएका हुन् ।

इङ्ग्ल्यान्डमा बुधबारदेखि लकडाउन सकिँदैछ । गएको मार्चपछि खेलकुद गतिविधिमा दर्शकलाई प्रवेश रोकिएको थियो । कोरोना भाइरसको सङ्क्रमण जोखिमपछि इङ्ग्ल्यान्डमा खेलकुद गतिविधि बन्द रंगशालामा हुँदै आएका छन्।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया