गण्डकी, वाग्मती र प्रदेश एकका पहाडी भेगमा हल्का पानी पर्ने सम्भावना

 मंसिर १२, २०७७ शुक्रबार ७:२६:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आज गण्डकी, वाग्मती र प्रदेश एकका पहाडी भेगमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पश्चिमी वायुको प्रभाव रहेको छ । पश्चिमी वायुको प्रभावका कारण गण्डकी, वाग्मती र प्रदेश एकका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हल्का हिमपातको समेत सम्भावना रहेको महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । रातिदेखि पश्चिमी वायुको प्रभाव बिस्तारै कम हुने भएकाले पानी पर्ने सम्भावना छैन । प्रदेश एकमा आंशिक बद्ली मात्रै हुनेछ ।

बाँकी ठाउँको मौसम सामान्यतया सफा नै रहने उहाँले बताउनुभयो । यसैबीच भारतमा आएको निवार नामक तुफानको असर नेपालमा नपर्ने उहाँले बताउनुभएको छ । तुफान कमजोर बन्दै गएकाले यसको असर नेपालमा नपर्ने तर बंगालको खाडीमा बनेको न्यूनचापीय रेखाको प्रभाव के कति पर्छ भन्नेबारे अध्ययन विश्लेषण भैरहेको र अहिले नै यकिन गर्न नसकिने मौसमविद् मानन्धरले बताउनुभयो ।

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया