गुल्मीको इस्मामा जीप दुर्घटना : पाँच जनाको ज्यान गयो, उद्धारको काम चल्दै

 मंसिर १२, २०७७ शुक्रबार ९:४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी - गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

इस्मा-४ हुलबाट तम्घास आउँदै गरेको लु १ ज ११६६ नम्बरको जीप बिहान सडकबाट खसेको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले बताउनुभयो । उहाँका अनुसार जीपमा रहेका तीन जना पुरुष र दुई जना महिलाको ज्यान गएको हो । अर्का एक जना घाइते भएका छन् ।

घटनास्थलमा अहिले उद्धारको काम भइरहेको छ । थप विवरण आउन बाँकी छ ।

अन्तिम अपडेट: माघ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया