सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
म्याग्दी - म्याग्दीको बेनी नगरपालिकाका विद्यालय आउँदो आइतबारदेखि नियमित रुपमा खुल्ने भएका छन् ।
नगरपालिकाको सर्वपक्षीय बैठकले पढाइ नियमित रुपमा सुरु गर्ने निर्णय गरेको हो । कोरोना भाइरसको सङ्क्रमण जोखिम तथा लकडाउनका कारण विद्यालय बन्द गरिएको थियो । मंसिर १४ गतेदेखि नियमित रुपमा पठनपाठन सुरु गर्ने निर्णय गरिएको नगर प्रमुख हरिकुमार श्रेष्ठले बताउनुभयो ।
सरकारले जारी गरेको जनस्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्डको पालना गरी विद्यालय खुल्नेछन् । विद्यालय सञ्चालन गर्न व्यवस्थापन समिति, शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकले अनिवार्य रुपमा माक्स लगाउने, भौतिक दूरीलाई ध्यान दिने, साबुन, पानी र स्यानिटाइजरको व्यवस्था गरी विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको हो ।
विद्यालय सञ्चालनको क्रममा कोरोना भाइरससम्बन्धी लक्षणहरु मिल्दाजुल्दा देखिएका विद्यार्थीको स्वास्थ्य अवस्था जाँच गराउने, स्वास्थ्य कार्यालय र नगरपालिकालाई जानकारी गराउने, शिक्षक र अभिभावक सचेत रहेर पाठनपाठन नियमित गराउने निर्णय समेत भएको छ ।
बेनी नगरपालिकाभित्र ५६ वटा सामुदायिक विद्यालय, १२ वटा संस्थागत, एक/एक वटा अनौपचारिक, धार्मिक र म्याग्दी बहुमूखी क्याम्पस गरी ७१ वटा विद्यालय सञ्चालनमा रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।