गुल्मी जीप दुर्घटना अपडेट : ज्यान गुमाएका पाँच जनाको परिचय खुल्यो

 मंसिर १२, २०७७ शुक्रबार ९:२९:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

गुल्मी - गुल्मीको इस्मा गाउँपालिकामा जीप दुर्घटना हुँदा ज्यान गुमाएका पाँच जनाको परिचय खुलेको छ ।

ज्यान गुमाउनेहरुमा इस्मा गाउँपालिका ४ का ६५ वर्षका डम्बरबहादुर धिताल, ३३ वर्षका चित्रबहादुर दर्लामी, ३० वर्षका वसन्त दर्लामी, ३३ वर्षका धनबहादुर अछामी र मालीका गाउँपालिका ५ का ८० वर्षकी सुन्दरी थापा रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी  उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

लु १ ज ११६६ नम्बरको जीप इस्मा गाउँपालिका ४ अन्तर्गत हुलबाट सदरमुकाम तम्घासतर्फ आउने क्रममा बिहान हुलको स्कुल नजिकै दुर्घटना भएको हो । दुर्घटनामा तीन जना घाइते भएका छन् । दुर्घटनामा इस्मा गाउँपालिका ४ का १९ वर्षका फर्सुराम थापा, २८ वर्षकी सरस्वती दर्लामी र २६ वर्षका कमल धिताङ घाइते भएका छन् ।

घाइतेहरुलाई उपचारका लागि गुल्मी अस्पताल तम्घास ल्याइँदैछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया