पहिलाे टी–२० मा न्युजिल्याण्डद्वारा वेस्ट इण्डिज ५ विकेटले पराजित

 मंसिर १२, २०७७ शुक्रबार १७:१४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – न्युजिल्याण्डसँगको पहिलो टी–२० खेलमा वेस्ट इण्डिज पाँच विकेटले पराजित भएको छ ।

१६ ओभरमा एक सय ७६ रनको लक्ष्य पछ्याएको न्युजिल्याण्डले १५ दशमलव दुई ओभरमा एक सय ७९ रन बनायो । खेल वर्षाले प्रभावित भएपछि १६ ओभरमा झारिएको हो । उसका लागि जेम्स नीशमले अविजित ४८ र मिचेल स्यानटरले अविजित ३१ रन बनाउँदा डेभोन कोनवेले ४१ रन बनाए ।  

बलिङतर्फ वेस्ट इण्डिजका लागि ओशेन थोमसले दुई विकेट लिए भने शेल्डोन कोट्रेल र कायरन पोलार्डले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इण्डिजले १६ ओभरमा सात विकेट गुमाउँदै एक सय ८० रन बनाएको थियो । उसका लागि कायरन पोलार्डले अविजित ७५ रन बनाए पनि आन्द्रे फ्लेचरले ३४ रन बनाए ।  

बलिङतर्फ न्युजिल्याण्डका लकी फर्गुसनले पाँच विकेट लिँदा टिम साउथीले दुई विकेट लिए । 

जितसँगै तीन खेलको टी–२० शृङ्खलामा न्युजिल्याण्डले एक–शून्यको अग्रता कायम गरेको छ ।  

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया