भारतले स्पुतनिक खाेपकाे १० कराेड डाेज उत्पादन गर्नेछ : रुस

 मंसिर १२, २०७७ शुक्रबार १९:२०:३० | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) विरुद्धको रुसी खोप भारतमा उत्पादन गरिने भएको छ । स्पुतनिक–भी नाम गरेको खोप भारतीय औषधि निर्माता कम्पनी हेटेरोले १० करोड डोज उत्पादन गर्ने सहमति भएको रुसी खोप निर्माता कम्पनीले जनाएको छ ।

रुसको प्रत्यक्ष लगानी कोष आरडीआईएफले विज्ञप्ति निकालेर भारतीय कम्पनी हेटेरोले प्रतिवर्ष १० करोड डोज खोप उत्पादन गर्ने जनाएको हो । खोपको उत्पादन सन् २०२१ को सुरुदेखि हुनेछ । यसै हप्ताको प्रारम्भमा रुसले स्पुतनिक खोपको क्लिनिकल परीक्षणमा ९५ प्रतिशत प्रभावकारी रहेको दाबी गरेको थियो ।

अमेरिकाका दुई कम्पनीले पनि आफ्ना खोप ९० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको दाबी गरेका छन् । रुसले स्पुतनिक खोपको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रतिडोजको १० अमेरिकी डलर पर्ने जनाएको छ । रुसले गएको अगस्ट महिनामै कोरोना भाइरसविरुद्धको खोप तयार पारेको घोषणा गरेको थियो । तर ठूलोस्तरको क्लिनिकल परीक्षण विना नै रुसले आफ्नो खोप प्रभावकारी रहेको दाबी गरेपछि आशङ्का उत्पन्न भएको थियो ।

अहिले स्पुतनिक खोपको तेस्रो तथा अन्तिम चरणको परीक्षण जारी रहेको छ । यस खोपका लागि ४० हजार व्यक्तिले स्वयंसेवीका रूपमा सहभागिता जनाएका छन् । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया