दक्षिण अफ्रिकासँगको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेटमा इङ्ग्ल्यान्डको जित

 मंसिर १३, २०७७ शनिबार ६:४:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टिम दक्षिण अफ्रिकासँगको पहिलो ट्वान्टी ट्वान्टी क्रिकेट इङ्ग्ल्यान्डले जितेको छ ।

राति भएको खेलमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको हो । केप टाउनमा दक्षिण अफ्रिकाले दिएको १ सय ८० रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । इङ्ग्ल्यान्डको जितमा जोनी बेयरस्टोले अविजित रहँदै ८६ रनको अर्धशतकीय पारी खेले । यस्तै बेन स्टोक्सले ३७ र डाविड मालनले १९ रन जोडे ।

कप्तान इयान मोर्गनले १२ रन बनाए । दक्षिण अफ्रिकाका जर्ज लिन्दे र लुंगी एनजिडीले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७९ रन बनाएको थियो। जितसँगै इङ्ग्ल्यान्डले ३ खेलको श्रृङ्खलामा १–० को अग्रता बनाएको छ ।

दुई टिमबीचको दोस्रो खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया