नेपाल फिफा वरियतामा एक स्थान तल झर्यो

 मंसिर १३, २०७७ शनिबार ६:३६:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाल फिफा वरियतामा एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ७१ औं स्थानमा रहेको छ ।

यसअघि १ सय ७० औं स्थानमा थियो । नेपालले ९ सय ६८ अंक हासिल गरेको छ । दक्षिण एशियामा भारत १ सय ४ औं स्थानमा छ भने माल्दिभ्स १ सय ५५ औं स्थानमा रहेको छ । यसैगरी बंगलादेशले तीन स्थान सुधार गरेको छ । बंगलादेश १ सय ८४ औं स्थानमा छ । भुटान १ सय ८९ औं स्थानमा रहेको छ ।

पाकिस्तान २ सय औं स्थानमा रहेको छ । यस्तै बेल्जियम शीर्ष स्थानमा छ भने फ्रान्स दोस्रो र ब्राजिल तेस्रो स्थानमा छन् ।

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया