इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा

 मंसिर १४, २०७७ आइतबार ६:८:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल शीर्ष स्थानमा उक्लिएको छ ।

गएराति भएको खेलमा ब्राइटनसँग १-१ गोलको बराबरी खेल्दै एक अंक जोडेको लिभरपुल शीर्ष स्थानमा उक्लिएको हो । यसअघि समान २० अंक भएपनि टोटनह्यामसँग गोल अन्तरमा पछि रहेको लिभरपुल दोस्रो स्थानमा थियो । लिभरपुल २१ अंकका साथ शीर्ष स्थानमा छ । लिभरपुलका लागि ६० औं मिनेटमा डिएगो जोटाले गोल गर्दै अग्रता दिलाएका थिए ।

मोहमद सलाहको पासमा उनले गोल गरेका थिए । ९१ औं मिनेटमा ब्राइटनका पेशक ग्रोबले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । यस्तै अर्को खेलमा म्यानचेस्टर सिटीले फराकिलो जित निकालेको छ । सिटीले बर्नलीलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा सिटीलाई जित दिलाउन रियाद महरेजले ह्याट्रिक गरे । यस्तै बेन्जामिन मेन्डी र फेरान टोरेसले एक-एक गोल गरे । त्यस्तै राती भएका खेलमा लिड्स युनाइटेडले एभर्टन र वेस्ट ब्रोमले सेफिल्ड युनाइटेडलाई १-० ले हराएका छन् ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया