सागको खर्च विवरण सार्वजनिक गरिँदै

 मंसिर १४, २०७७ आइतबार १०:३५:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डा‌ै - राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को खर्च विवरण आज सार्वजनिक गर्ने भएको छ ।

राखेपले त्रिपुरेश्वरमा रहेकाे राखेपको हलमा दिउँसो पत्रकार सम्मेलन गरी सागको खर्च विवरण सार्वजनिक गर्न लागेको हो । सदस्य सचिव रमेशकुमार सिलवालले सागको खर्च विवरण सार्वजनिक गर्नुहुनेछ । राखेपले साग सकिएको एक वर्षपछि हिसाब किताब सार्वजनिक गर्न लागेको हो ।

१३ औं साग गएकाे वर्ष मंसिर १५ देखि २४ गतेसम्म नेपालमा सम्पन्न भएको थियो । साग आयोजना तथा सञ्चालन कार्यविधिमा प्रतियोगिता सम्पन्न भएको तीन महिनाभित्र खर्च विवरण सार्वजनिक गर्नुपर्ने उल्लेख छ । साग आयोजना तथा सामान खरिदमा भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । १३ औं सागमा नेपालले ऐतिहासिक ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरी कुल २०७ पदक जितेको थियो ।

अन्तिम अपडेट: चैत १९, २०८०

तपाईको प्रतिक्रिया