खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
काठमाण्डाै - घरेलु टिम न्युजिल्यान्डले वेस्ट इन्डिजसँगको तीन खेलको ट्वान्टी ट्वान्टी क्रिकेट सिरिज जितेको छ ।
माउन्ट माउनगानुइमा आज भएको दोस्रो खेल ७२ रनले जितेसँगै न्युजिल्यान्डले एक खेल अगाडि नै सिरिज आफ्नो पक्षमा पारेको हो ।
बे ओभलमा न्युजिल्यान्डले दिएको २ सय ३९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको वेष्ट इन्डिजले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६६ रन मात्र बनाउन सक्यो । वेस्ट इन्डिजका लागि कप्तान केइरन पोलार्डले सर्वाधिक २८ रन बनाए । यस्तै शिम्रन हिटमायरले २५ रन जोड्दा आन्द्रे फ्लेटचर र केली माएर्सले २०/२० रन बनाए ।
किमो पाउलले अविजित २६ रन जोडे भने फाबियन एलेनले १५ रन बनाए । न्युजिल्यान्डका केली जेमिसन र मिचेल स्टानरले २/२ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३८ रन बनाएको थियो ।
न्युजिल्यान्डको उच्च स्कोरमा ग्लेन फिलिप्सले शतकीय पारी खेले । उनले ५१ बलमा १ सय ८ रन बनाए । यस्तै डेभोन कोनवेले अविजित रहँदै ६५ रनको अर्धशतकीय पारी खेले । त्यस्तै मार्टिन गुप्टिलले ३४ रन जोडे भने टिम सेइफर्टले १८ रन जोडे । वेस्ट इन्डिजका केइरन पोलार्ड, फाबियन एलन र ओसुमाने थोमसले १/१ विकेट लिए । दुई टिमबीचको अन्तिम खेल भोलि हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।