भारतसँगको एकदिवसीय शृङ्खला अष्ट्रेलियाले जित्यो

 मंसिर १४, २०७७ आइतबार १८:११:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतसँगको एकदिवसीय क्रिकेट शृङ्खला अष्ट्रेलियाले जितेको छ । आज भएको दोस्रो एकदिवसीय क्रिकेट ५१ रनले जितेसँगै ३ खेलको शृङखला अष्ट्रेलियाले २–० ले जितेको छ ।

आज सिड्नीमा अष्ट्रेलियाले दिएको ३ सय ९० रनको लक्ष्य पछ्याएको भारतले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३८ रन मात्रै बनाउन सक्यो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ८९ रन बनाए भने के एल राहुलले ७६, श्रेयस ऐअरले ३८, शिखर धवनले ३०, मयंक अग्रवाल र हार्दिक पाण्ड्याले समान २८ र रविन्द्र जडेजाले २४ रन बनाए ।

अष्ट्रेलियाका प्याट कमिन्सले ३ तथा जस हज्लउड र एडम जम्पाले समान २/२ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ८९ रन बनायो । उसका लागि स्टिभ स्मिथले १ सय ४ रनको शतकीय पाली खेले । उनले पहिलो खेलमा पनि शतक हानेका थिए ।

यस्तै डेविड वार्नरले ८३, मार्नुस लबुसचेज्नले ७० र एरोन फिन्चले ६० रन बनाए । ग्लेन म्याक्सवेल ६३ रनमा नटआउट रहे । तेस्रो एकदिवसीय आउँदो बुधबार हुनेछ । अष्ट्रेलिया भ्रमणमा रहेको भारतले ३ वटा ट्वेन्टी, ट्वेन्टी र ४ वटा खेलको टेस्ट शृङ्खला पनि खेल्नेछ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया