इङ्ग्ल्यान्डले जित्याे दक्षिण अफ्रिकासँगको ट्वान्टी ट्वान्टी क्रिकेट सिरिज

 मंसिर १५, २०७७ सोमबार ५:५२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - घरेलु टिम दक्षिण अफ्रिकासँगको ट्वान्टी ट्वान्टी क्रिकेट सिरिज इङ्ग्ल्यान्डले जितेको छ ।

पार्लमा भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै इङ्ग्ल्यान्डले एक खेल अगाडि नै सिरिज जितेको हो ।

दक्षिण अफ्रिकाले दिएको १ सय ४७ रनको लक्ष्य इङ्ग्ल्यान्डले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । इङ्ग्ल्यान्डको जितमा डाविड मालनले ५५ रनको अर्धशतकीय पारी खेले ।

 यस्तै कप्तान इयान मोर्गनले अविजित रहँदै २६ रन जोड्दा जोश बट्लरले २२ रन बनाए । बेन स्टोक्सले १६ र जासन रोयले १४ रन जोडे । दक्षिण अफ्रिकाका ताब्रेज शामीले ३ तथा लुंगी एनजिडीले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । जितसँगै इङ्ग्ल्यान्डले ३ खेलको सिरिजमा २–० को अग्रता समेत बनाएको छ । शुक्रबार राति भएको खेलमा इङ्ग्ल्यान्डले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको थियो ।

दुई टिमबीचको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया