म्याराडोनाको उपचारमा लापरबाही भए/नभएकोबारे छानबिन सुरु

 मंसिर १५, २०७७ सोमबार १०:४४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अर्जेन्टीनाका फुटबल खेलाडी डिएगो म्याराडोनाको उपचारमा लापरबाही भए नभएकोबारे छानबिन सुरु भएको छ ।

केही समय अगाडि मस्तिष्कको सफल शल्यक्रिया गराएका ६० वर्षीय म्याराडोनालाई हृदयघात हुँदा गएको बुधबार निधन भएको थियो । म्याराडोनाका छोरीले उपचारमा प्रश्न उठाएपछि डाक्टरमाथि छानबिन अगाडि बढाइएको बीबीसीले जनाएको छ ।

अनुसन्धानका क्रममा प्रहरीले डाक्टर लियोपोल्डो लुकको घर तथा निजी क्लिनिकमा छापा मारेको छ ।  प्रहरीले कम्प्युटर, मोबाइल फोन तथा मेडिकल नोट बरामद गरेका खबरमा उल्लेख गरिएको छ । म्याराडोनालाई विश्वभर सर्वोत्कृष्ट खेलाडीका रूपमा चिनिन्छ ।

अन्तिम अपडेट: चैत १०, २०८०

तपाईको प्रतिक्रिया