न्युजिल्याण्ड र वेस्ट इण्डिजबीचको तेस्रो टी–२० क्रिकेट वर्षाका कारण रद्द

 मंसिर १५, २०७७ सोमबार १४:५३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – न्युजिल्याण्ड र वेस्ट इण्डिजबीचको तेस्रो तथा अन्तिम टी–२० क्रिकेट वर्षाका कारण रद्द भएको छ ।  

न्युजिल्याण्डको वे ओभलमा पहिले ब्याटिङ थालेको वेस्ट इण्डिजले २ ओभर २ बलमा १ विकेट गुमाएर २५ रन बनाएको अवस्थामा पानी परेपछि खेल रद्द भएको हो । 

टी–२० शृङ्खलामा न्युजिल्याण्ड २–० ले यसअघि नै जितिसकेको छ । न्युजिल्याण्ड पहिलो खेलमा पाँच विकेटले र दोस्रो खेलमा ७२ रनले विजयी भएको थियो । 

यी दुई देशबीच आउँदो बिहीबारदेखि दुई खेलको टेस्ट शृङ्खला सुरु हुनेछ ।  

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया