सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – सरकारले देशका तीन सय ९६ पालिकामा आधारभूत अस्पताल निर्माणका लागि साेमबार एकैदिन दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको छ । पालिकामा आधारभूत स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले सरकारले साेमबार एकैसाथ दुई सय ५० भन्दा धेरै अस्पताल भवनको शिलान्यास गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पहिलो चरणमा अस्पताल नपुगेका तीन सय ९६ पालिकामा पाँचदेखि १५ शय्याको अस्पताल बनाउन लागेको हो । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ललितपुरको गोदावरी नगरपालिकामा बन्न लागेको बज्रबाराही चापागाउँ अस्पतालको भवन शिलान्यास गर्नुभएको छ । भवन शिलान्यास गर्न आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले देशका तीन सय ९६ पालिकामा एक साथ पाँच शय्या, १० शय्या र १५ शय्याका पालिका स्तरका आधारभूत अस्पतालहरूको शिलान्यास गरिएको बताउनुभयो ।
यस्तै सात वटा प्रदेशमा ५०/५० शय्याका सरुवा रोग अस्पतालहरूको पनि एकैसाथ निर्माण गर्न लागिएको अर्थमन्त्री पौडेलले बताउनुभयो । पालिका स्तरमा निर्माण हुन लागेका तीन सय ९६ वटा आधारभूत अस्पतालका लागि ५७ अर्ब ९५ करोड ११ लाख रुपैयाँको बजेटको स्रोत सुनिश्चितता भइसकेको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो ।
यस्तै सात वटै प्रदेशमा निर्माण हुने सरुवा रोग अस्पतालका लागि हरेक अस्पताललाई आठ करोड रुपैयाँको दरले बजेट सुनिश्चित गरिएको पनि अर्थमन्त्री पौडेलले बताउनुभयो । सात सय ५३ पालिकामध्ये ६ सय ४९ पालिकामा यसअघि पनि अस्पताल थिएन । तीमध्ये पहिलो चरणमा तीन सय ९६ पालिकामा अस्पताल निर्माण गर्न लागिएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।