बेलायतमा लकडाउन अन्त्यको तयारी : नयाँ प्रतिबन्ध भने लागू हुने

 मंसिर १६, २०७७ मंगलबार ६:१५:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बेलायत सरकारले कोरोना सङ्क्रमण जोखिमका कारण गरेको लकडाउन हटाउने तयारी गरेको छ ।

साथै सङ्क्रमणको जोखिम रहेका क्षेत्रमा केही प्रतिबन्धहरू भने लागू हुनेछन् । बेलायत सरकारले डिसेम्बर २ अर्थात् भोलिदेखि राष्ट्रिय लकडाउन अन्त्य गरी जोखिम र सङ्क्रमण वृद्धिका आधारमा क्षेत्रगत प्रतिबन्ध लागू गर्ने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लकडाउन हटाउने गरेर अघिल्लो हप्ता बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ‘कोभिड विन्टर प्लान’ को घोषणा गर्नुभएको थियो । जसअनुसार सङ्क्रमणको स्तरका आधारमा अति उच्च, उच्च र मध्यम गरी तीन तहमा विभाजन गरी प्रतिबन्ध लागू गरिनेछ ।

अहिले बन्द रहेका व्यवसाय, रेष्टुरेन्ट, जीमखाना लगायत सञ्चालन हुने भएका छन्  । बेलायतले क्रिसमस पर्वका बेला लकडाउन खुकुलो बनाउन लागेको हो । कोभिड-१९ को सङ्क्रमण फैलिने क्रम बढेसँगै बेलायत सरकारले गएको नोभेम्बर ५ देखि डिसेम्बर २ अर्थात् भोलिसम्मका लागि राष्ट्रिय लकडाउन गरेको थियो ।

यसअघि सरकारले मार्च अन्तिम हप्तादेखि पहिलो पटक झन्डै तीन महिनासम्म लकडाउन गरेको थियो । बेलायतमा झण्डै १६ लाख २९ हजारमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यहाँ ५८ हजारभन्दा धेरैको ज्यान गएको छ ।

अन्तिम अपडेट: माघ २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया