इङ्ग्लिस प्रिमियर लिग : फुलह्यामले लेस्टर सिटीलाई हरायो

 मंसिर १६, २०७७ मंगलबार ६:५५:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा राति भएको खेलमा फुलह्यामले लेस्टर सिटीलाई हराएको छ ।

लेस्टर घरेलु मैदानमै फुलह्यामसँग २-१ ले पराजित भएको हो । फुलह्यामको जितमा एडेमोला लुकमान र इभान काभालेइरोले १/१ गोल गरे ।

लेस्टरका हार्भे बार्नेसले गोल गरे । हारपछि लेस्टर १० खेलबाट १८ अंक जोडेर अंक तालिकाको चौथो स्थानमा छ । फुलह्याम ७ अंकका साथ १७ औं स्थानमा उक्लिएको छ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया