सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
अछाम – समयमा नै उपचार नपाउँदा अछाममा एक सुत्केरीको ज्यान गएको छ । तुर्माखाद गाउँपालिका–४ की ३८ वर्षकी नामसरा बिकको जिल्ला अस्पताल अछाममा ज्यान गएको हो ।
जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्वाजका अनुसार उच्च रक्तश्रावका कारण विकको ज्यान गएको हो । हिजो दिउँसो १२ बजेपछि सुत्केरी बेथा लागे पनि उहाँलाई बेलुका ४–५ बजेतिर मात्रै अस्पताल पुर्याइएको थियो ।
बेथा लागेर रक्तश्राव हुन थालेपछी स्वास्थ्य संस्थामा लगिए पनि सुत्केरी गराउन नसके पछि जिल्ला अस्पतालमा पुरयाइएको थियोे । छैटौँ पटक आमा बन्न लागेकी विकको बच्चालाई पनि बचाउन नसकेको जिल्ला अस्पताल अछामका डाक्टर अतुल भारद्वाजले बताउनुभयो । पेटमा नै बच्चा मरिसकेकाले बचाउन नसकेको उहाँले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।