महासचिव विष्णु पाैडेललाई केक खुवाएर सुरु भयाे नेकपा सचिवालय बैठक

 मंसिर १६, २०७७ मंगलबार १४:२८:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक महासचिव विष्णु पौडेललाई केक खुवाएर सुरु भएको छ ।

महासचिव पौडेलको मङ्गलबार जन्मदिन परेकोले उहाँलाई सचिवालय सदस्यहरूले केक खुवाएपछि बैठक सुरु भएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

६२ वर्षमा प्रवेश गर्नुभएका महासचिव पौडेललाई बैठक सुरु हुनुभन्दा पहिले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओली, कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधानमन्त्री ईश्वर पोखरेललगायतले केक खुवाउनुभएको थियो ।

केक खुवाउँदै उपाध्यक्ष वामदेव गौतमले १०० वर्ष बाँच्नुहोस् भन्दै अबका दिनमा राम्रो काम गरेर जान शुभकामना दिनुभएको थियो ।

अन्तिम अपडेट: मंसिर १९, २०७७

तपाईको प्रतिक्रिया