३४ उद्योग कानुनकाे दायरामा, पिउने पानीसम्बन्धी १५ वटा

 मंसिर १६, २०७७ मंगलबार १६:१५:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अखाद्य वस्तु उत्पादन गर्ने ३४ उद्योगलाई कानुनी कारबाही गरिने भएको छ । 

पिउने पानीसम्बन्धी १५, खाद्यान्न तथा दलहनसम्बन्धी आठ, दूध तथा दुग्ध पदार्थसम्बन्धी ६, तेल तथा घिउसम्बन्धी तीन र अन्य दुई गरी ३४ उद्योगलाई खाद्य ऐन–२०२३ अनुसार कानुनी कारबाही गरिने खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । 

नमुनाको विश्लेषण परीक्षण प्रतिवेदनअनुसार ७० नमुना मापदण्डअनुसार नभेटिएका उद्योग सञ्चालकलाई निरीक्षणमा राखिएको छ ।   

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया