आज थपिए १ हजार ३०४ काेराेना सङ्क्रमित, २ हजार ७३ जना डिस्चार्ज

 मंसिर १६, २०७७ मंगलबार १६:२७:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालमा काेराेना भाइरस (काेभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३४ हजार सात सय ५६ पुगेकाे छ । मङ्गलबार थप एक हजार तीन सय चार जनामा सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ । 

आठ हजार पाँच सय ८३ जनाकाे नमुना परीक्षण गर्दा एक हजार तीन सय चार जनामा सङ्क्रमण देखिएकाे हाे । त्यस्तै गएकाे २४ घण्टामा दुई हजार ७३ जना निकाे भएर फर्किएसँगै डिस्चार्ज हुनेकाे सङ्ख्या दुई लाख १६ हजार पाँच सय ९४ पुगेको छ ।  

अब नेपालमा १६ हजार ६ सय ३३ जना सक्रिय सङ्क्रमित आइसाेलेशनमा रहेका छन् । यस्तै ६ सय १६ जना क्वरेण्टीनमा रहेकाे मन्त्रालयले जनाएको छ । 

२४ घण्टामा थप २१ जना सङ्क्रमितकाे ज्यान गएसँगै काेराेनाबाट ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार पाँच सय २९ पुगेकाे छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया