अर्घाखाँचीमा आगो ताप्दा जलेर एक जनाको ज्यान गयाे

 मंसिर १७, २०७७ बुधबार ७:१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

अर्घाखाँची - अर्घाखाँचीमा आगो ताप्ने क्रममा जलेर एक जनाको ज्यान गएको छ ।

पाणिनी गाउँपालिका वडा नम्बर २ पोखराथोक बस्ने वर्ष ७१ की पुतली नेपालीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुूचना अधिकारी रामनाराण गुप्ताले जानकारी दिनुभयो । घरमा एकलै बसोबास गदै आएका उहाँलाई आगो ताप्दै गर्दा कपडामा आगो सल्किएको थियो ।

घरमा एकलै भएकाले समयमै उद्वार हुन नपाएको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया