सवारी दुर्घटनामा एकको ज्यान गयाे, दुई जना गम्भीर घाइते

 मंसिर १७, २०७७ बुधबार ९:४०:५८ | रासस
unn.prixa.net

पाँचथर - मेची राजमार्ग अन्तर्गत पाँचथरको फिदिम नगरपालिका-१ मा रहेकाे सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा फिदिम-१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । यस्तै गम्भीर घाइते भएका धरान उपमहानगरपालिका-१ का पर्वत गुरुङ र झापा गरामुनि-१ बस्ने २१ वर्षीय अर्जुन मगरको झापाको बिर्तासिटी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक डम्बर विश्वकर्माले बताउनुभयो ।

स्वच्छन्द कन्काई निर्माण सेवाको बा १९ च ५७३६ नंको डबल क्याप पिकअप फिदिमबाट जोरसाल जाने क्रममा अनियन्त्रित भएर सडकबाट करिब १५० मिटर तल खसेर दुर्घटनामा परेको हो ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया