पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालन

 मंसिर १७, २०७७ बुधबार १२:२३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पशुपति क्षेत्रमा आधुनिक शवदाह गृह सञ्चालनमा आएको छ । 

वातावरणमैत्री र प्रदूषणरहित शवदाह गृह आजदेखि सञ्चालनमा आएको हो । एभरेष्ट बैंक लिमिटेडले निर्माण गरेको शवदाह गृह आज एक औपचारिक कार्यक्रममार्फत  पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको  छ ।

शवदाह हस्तान्तरण कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले दाउराको खपत कम हुने र वातावरण प्रदूषणलाई पनि कम गर्ने भएकाले आधुनिक शवदाह गृह पशुपति क्षेत्रका लागि महत्वपूर्ण हुने बताउनुभयो। 

आधुनिक शव दाह गृहले हिन्दुको मृत्यु संस्कारलाई जोगाई राख्ने र वातावरणमा समेत कम असर पार्ने मन्त्री भट्टराईले विश्वास छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतक झण्डै ६० लाख रुपैयाँमा आधुनिक शवदाह गृह निर्माण गरेको  जनाएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत गजेन्द्रकुमार नेगीले आधुनिक शवदाह गृहमा ६० प्रतिशत दाउरा कम लाग्ने बताउनुभयो । यो शवदाह गृहमा शव जलाउन बढीमा १ घण्टा १५ मिनेट लाग्ने छ ।

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया