अस्ट्रेलियासँगकाे तेस्राे एकदिवसीय क्रिकेटमा भारत १३ रनले विजयी

 मंसिर १७, २०७७ बुधबार १८:३७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियासँगको तेस्रो तथा अन्तिम एकदिवसीय क्रिकेटमा भारत १३ रनले विजयी भएकाे छ । भारतले दिएको तीन सय तीन रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया तीन बल बाँकी छँदै दुई सय ८९ रनमा अलआउट भयो ।

अस्ट्रेलियाका लागि कप्तान एरोन फिन्चले ७५ र ग्लेन म्याक्सवेलले ५९ रन बनाए पनि जितको लागि पर्याप्त भएन । उसका मार्नुस लबुसचेज र स्टिभ स्मिथ समान सात/सात रनमा आउट भए भने मोसिस हेनरिक २२, क्यामरुन ग्रिक २१, एलेक्स केइरी ३८ र अस्टन अगर २८ रनमा आउट भए । भारतका शार्दुल ठाकुरले तीन विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा पाँच विकेट गुमाएर तीन सय दुई रन बनाएको थियो । खराब अवस्थामा पुगेको भारतलाई हार्दिक पाण्डेयाले ९२ र रविन्द्र जडेजाले ६६ रन बनाएर उकासेका थिए । यस्तै कप्तान विराट कोहलीले ६३ र शुभमन गिलले ३३ रन बनाए । तीन खेलको शृङ्खला अस्ट्रेलियाले यसअघि नै जितिसकेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया