हुम्लाको सिमकोटमा रहेको विमानस्थलमा लागेको आगो निभाइयो : क्षतिको विवरण आउन बाँकी

 मंसिर १८, २०७७ बिहीबार ९:१५:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला - हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिमकोट विमानस्थलका कर्मचारी बस्ने घरमा लागेको आगो निभाइएको छ ।

सिमकोट विमानस्थलको कार्यालय प्रमुखलगायतका कर्मचारी बस्ने घरमा बिहान आगो लाग्दा तीन वटा कोठा जलेका छन् । आगो नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सदरमुकाम सिमकोटका स्थानीय बासिन्दाले ४ घण्टा लगाएर आगो निभाएका हुन् ।

कोठामा रहेका सामग्री पनि जलेको र क्षतिको विवरण संकलन गर्ने काम भैरहेको सिमकोट गाउँपालिकाका उपाध्यक्ष बलि रावतले उज्यालोलाई जानकारी दिनुभयो । आज बिहान ४ बजेतिर विमानस्थल प्रमुख बस्ने घरको पछाडि रहेको विद्युत तारबाट आगलागी भएको हुनसक्ने अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया