सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
ललितपुर – सहकालका देवता रातो मच्छिन्द्रनाथलाई मङ्सिर २४ गते पाटन ल्याइने भएको छ । बुङ्गमतीमा रहेका मच्छिन्द्रनाथलाई पाटन ल्याउनको लागि आज (बिहिबार) बिहान ज्योतिषहरू कीर्तिकिरण जोशी र पूर्ण मङ्गल जोशीले मङ्गलबजारमा रहेकाे सोह्रखुट्टे पाटीमा बसेर साइत हेर्नु भएको थियो ।
साइत हेर्नका लागि बिहीबार शुभ मानिन्छ । महिनाको हिसाबले पनि मच्छिन्द्रनाथको कुनै पनि काम पुसमा गर्न शुभ मानिँदैन । त्यसैले अधिकांश वर्षमा मङ्सिरमा नै साइत हेरिने गरिएकोले आज साइत हेरिएकोमा मङ्सिर २४ गते शुभ साइत निस्केको ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो ।
मङ्सिर २४ गते बिहान पूजाआजा सकेर अपराह्न खटमा राखेर देवता ल्याएर मच्छिन्द्रबहालमा राखिने ज्योतिष दैवज्ञ कीर्तिमदन जोशीले बताउनुभयो । बुङ्गमतीको मुख्य बाटोबाट नै देवतालाई खटमा बोकेर पाटन ल्याइन्छ र मच्छिन्द्रबहालको पश्चिम ढोकाबाट देवता गरिन्छ ।
२०७७ सालको मच्छिन्द्रनाथको जात्रा कोरोना सङ्क्रमणका कारण ढिलो सम्पन्न भएकोले गएको भदाै २९ गते पाटनबाट बुङ्गमती लगिएको थियो । मच्छिन्द्रनाथलाई ६ महिना पाटनमा र ६ महिना बुङ्गमतीमा राख्ने गरिन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।