सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
काठमाण्डौ – जुम्लाको चन्दननाथ नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने निर्णय गरेको काठमाण्डौ महानगरपालिकाले बिहीबार त्यहाँका मेयर कान्तिका सेजुवालसहितका जनप्रतिनिधिसँग छलफल गरेको छ ।
केही दिनअघि मात्रै रामग्राम नगरपालिकासँग अन्तर–स्थानीय तह भगिनी सम्बन्ध स्थापना गरेको काठमाण्डौ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले चन्दननाथसँग पनि छिट्टै औपचारिक रूपमा भगिनी सम्बन्ध स्थापनाका लागि समझदारीपत्रमा हस्ताक्षर गर्ने बताउनुभयो ।
छलफलमा काठमाण्डौ महानगरपालिकाका प्रमुख शाक्यले दुई नगर क्षेत्रभित्रका जीवन्त संस्कृति, सम्पदा र पर्यटकीय, पर्यावरण क्षेत्रको संरक्षण, प्रबर्द्धन, विकास र प्रचार प्रसारमा सहकार्य गर्ने बताउनुभयो ।
यसअघि पनि नगर–नगर साझेदारी कार्यक्रम अन्तर्गत काठमाण्डौका १० वटा नगर, भक्तपुरको मध्यपुर ठिमी र रामग्राम नगरपालिकासँग केही साझेदारीका काम अघि भन्दै उहाँले छिट्टै चन्दननाथसँग पनि भगिनी सम्बन्धको समझदारीपत्रमा हस्ताक्षर गर्ने जानकारी दिनुभयो । चन्दननाथ नगरपालिकाकी प्रमुख सेजुवालले स्रोत–साधनले सम्पन्न काठमाण्डौ महानगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
महानगरपालिकाले बिहीबार नै धनकुटाको पाख्रिवास नगरपालिकाका प्रमुख वृषबहादुर राई र जनप्रतिनिधिसँग पनि छलफल गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।