सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले ठूला र महत्त्वपूर्ण आयोजनामा साना समस्यालाई नहेरिकन काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
बिहीबार मन्त्रालयमा भएको प्रथम चौमासिकको प्रगति समीक्षा तथा विकास समस्या समाधान समितिको बैठकमा बोल्दै मन्त्री नेम्वाङले साना समस्यामा अल्झिएर बसे विकास निर्माण नै हुन नसक्ने बताउनुभयो ।
आयोजना क्षेत्र तथा प्रभावित क्षेत्रमा देखिने सबै समस्या सल्टाएर निर्माण थाल्ने हो भने कम्तीमा आठ वर्षपछि आयोजना बन्ने भन्दै साना समस्यामा नअल्झन मातहतका निकायहरूलाई उहाँले निर्देशन दिनुभयो । भौतिक पूर्वाधार देशकाे आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुनु र खर्चको अपेक्षा गरिनु पनि स्वाभाविक भएको बताउनुभयो ।
समीक्षा बैठकमा आयोजना प्रमुखहरूले स्थानीयस्तरमा प्रभावित क्षेत्रका नागरिक र उपभोक्तालाई समितिहरूले विभिन्न माग राखी काम गर्न असहज बनाएको गुनासो गरेका थिए । सरकारले अनुकूल वातावरण भएका राष्ट्रिय गौरवका आयोजना तथा प्राथमिकता प्राप्त आयोजनामा पनि उल्लेख्य प्रगति गर्न नसकेको आलोचना खेप्दै आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।