मोटरसाइकल दुर्घटनामा परेर काठमाण्डौमा ३ जना गम्भीर घाइते

 मंसिर १९, २०७७ शुक्रबार ७:४५:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौमा मोटरसाइकल दुर्घटनामा परेर ३ जना गम्भीर घाइते भएका छन् ।

काठमाण्डौको पेप्सीकोलामा दुई ओटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा दुईजना चालक घाइते भएका छन् । बा ९१ प १८१८ नम्बरको र रा ५ प ४५९१ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नक्सालमा कार्यरत प्रहरी जवान २८ वर्षका युवराज गिरी र चितवन घर भइ पेप्सीकोला बस्ने भागिराम केसी घाइते भएका हुन् ।

भागिरामले जाँडरक्सी पिएर मोटरसाइकल चलाएको खुल्न आएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै काठमाण्डौको बाँसबारीमा मोटरसाइकल पल्टिँदा चालक घाइते भएका छन् । बा ८९ प ४२ ५७ को मोटरसाइकल पल्टिँदा मोरङ घर भइ ललितपुर भैंसीपार्टी बस्ने देवेन्द्र फुँयाल घाइते भएका हुन् ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया