इच्छाकामना मन्दिर प्राङ्गणमा आज र भोलि लाग्ने मेला स्थगित

 मंसिर १९, २०७७ शुक्रबार ९:३२:३८ | रासस
unn.prixa.net

चितवन - चितवनको ऐतिहासिक धार्मिकस्थल इच्छाकामना मन्दिर प्राङ्गणमा लाग्ने पञ्चमी मेला यस वर्ष नहुने भएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलने त्रासका कारण मेला स्थगित गरिएको हो । इच्छाकामना सिद्धबाबा संरक्षण समितिका अध्यक्ष रामप्रसाद बोहोराले भीडभाड हुँदा कोरोना फैलन सक्ने भएकाले मेला स्थगित गरिएको बताउनुभयो ।

हरेक वर्ष ठूलो पञ्चमीको अवसरमा लाग्ने मेला यस वर्ष आज र भोलि परेको थियो । पर्सि बिहान भने भीडभाड नहुने गरी दर्शन तथा पूजाका लागि मन्दिर खुला गरिने उहाँले जानकारी दिनुभयो । रातभर मेला लाग्ने र बिहान पूजाआजाका साथै बलि चढाइने परम्परा रहेको छ ।

गएको वर्षदेखि गाउँपालिकाले मेलाको दिन सार्बजनिक बिदासमेत दिन थालेको छ । इच्छाकामना मन्दिर चितवनको इच्छाकामना गाउँपालिका–५ मा पर्दछ । मनकामना माईको सात दिदीबहिनीमध्ये इच्छाकामना एक बहिनी रहेको किंवदन्ती रहेको छ । मोटरबाटो खुलेपछि आजभोलि मनकामना पुग्ने केही तीर्थाटनका पर्यटकहरु इच्छाकामना पुग्ने क्रम बढेको छ ।

इच्छाकामना र मनकामना मन्दिर दुई विपरीत अर्थात आमुन्नेसामुन्ने डाँडामा छन् । तीर्थाटनमा पुग्ने पर्यटकहरुको इच्छा पूरा गरिदिने भएकोले इच्छाकामना भनिएको हो । अहिले मन्दिर पुनर्निर्माणको काम भइरहेको छ ।

वाग्मती प्रदेश सरकार र इच्छाकामना गाउँपालिकाको आर्थिक सहयोगमा मन्दिर पुनर्निमार्ण थालिएको हो । पुनर्निर्माणका लागि तीन करोड रुपैयाँ खर्च हुने अनुमान छ ।

अन्तिम अपडेट: कात्तिक ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया