अस्ट्रेलियासँगको पहिलो टी–२० क्रिकेटमा भारत ११ रनले विजयी

 मंसिर १९, २०७७ शुक्रबार १८:१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अस्ट्रेलियासँगको पहिलो टी–२० क्रिकेटमा भारत ११ रनले विजयी भएको छ ।

एक सय ६२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ५० रनमात्र बनाउन सक्यो । उसका लागि एरोन फिन्चले ३५, मोइसिस हेनरीक्विसले ३० र डार्सी शर्टले ३४ रन बनाए पनि टिमलाई जिताउन सकेनन् ।

बलिङतर्फ भारतका लागि युजवेन्द्र चाहल र नटराजनले तीन–तीन विकेट लिए भने दीपक चाहरले एक विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको भारतले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ६१ रन बनाएको थियो । उसका लागि केएल राहुलले ५१, रविन्द्र जडेजाले ४४ र सन्जु सामसनले २३ रन बनाए । 

जितसँगै तीन खेलको शृङ्खलामा भारत एक–शून्यले अघि भएको छ ।  

अन्तिम अपडेट: मंसिर ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया