सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
काठमाण्डाै – महानगरीय ट्राफिक महाशाखाका प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) जनक भट्टराईले ट्राफिक व्यवस्थापनलाई डिजिटलाइजेशन बनाउने कार्य अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।
प्रहरी हेडक्वार्टरबाट भर्खरै सरुवा भएर महाशाखामा आउनुभएका एसएसपी भट्टराईले पत्रकारहरुसँग कुराकानी गर्दै ट्राफिक व्यवस्थापनलाई सहज बनाउन डिजिटल प्रविधिको प्रयोग गर्ने तयारी अन्तिम चरणमा पुगेको बताउनुभएको हो । कुनैपनि सवारीचालक ट्राफिक कारबाहीमा परी जरिबाना तिर्नुपर्ने भएमा अनलाइनबाटै भुक्तानी गर्न मिल्ने प्रणालीको विकास भइरहेको पनि उहाँले बताउनुभयो । यसबाट बैंकमा लामो लाइन लाग्नुपर्ने स्थितिको अन्त्य हुने पनि एसएसपी भट्टराईले बताउनुभयो ।
ट्राफिक कारबाहीमा परेका व्यक्तिहरुलाई दिइने सचेतना कक्षा कोभिडका कारण स्थगित भएकोमा अहिले अनलाइन बाटै लिने व्यवस्था मिलाइएको पनि बताउनुभयो । अहिले ट्राफिक कारबाहीमा परेमा लिनुपर्ने सचेतना कक्षा अनलाइनबाट लिएपछि मात्रै महाशाखाको कार्यालयबाट कागजपत्र लिन सकिने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।