सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
ललितपुर - ललितपुर महानगरपालिकाले आजदेखि अव्यवस्थित तार हटाउने भएको छ ।
जताततै लत्रिएको तारका कारण सहरलाई कुरुप बनाएको भन्दै आजदेखि यस्ता तार हटाइने महानगरपालिका अन्तर्गतको नगर प्रहरी बल प्रमुख सीताराम हाछेथुले बताउनुभयो । दुर्घटना र आगलागीका घटना पनि बढाएकाले अव्यवस्थित तारलाई हटाउन लागेको उहाँले बताउनुभयो ।
‘अव्यवस्थित तारले सहरसँगै सम्पदामा पनि असर पारिरहेको छ'- हाछेथु भन्नुहुन्छ- ‘मन्दिर नै मन्दिरको ललितपुर सहर तारका कारण कुरुप बनिरहेको छ। यसले पर्यटकलाई समेत असर पारेको छ ।’ अब सडकमा लत्रिएका तारलाई काटिदिने र झोल्लिएका तारलाई मुठा बनाएर राखिदिने उहाँले बताउनुभयो । अब ललितपुर महानगरपालिका यस्ता तार राख्न ट्यागलाई अनिवार्य गर्ने पनि नगर प्रहरी प्रमुख हाछेथुले बताउनुभयो । यो नियम अटेर गर्नेलाई कारबाही गर्ने पनि उहाँको भनाइ छ ।
ललितपुर नगर प्रहरीले यसअघि सहरी सौन्दर्य बढाउन होर्डिङ बोर्ड हटाउने अभियान थालेको थियो । साढे दुई महिना लगाएर ललितपुर महानगर भित्रका होर्डिङबोर्ड हटाएको नगर प्रहरीले अव्यवस्थित तार हटाउने अभियान पनि व्यवस्थित नहुँदासम्म जारी राख्ने हाछेथुले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।