रसुवागढी नाका जोड्ने छोटो दुरीको गल्छी–मैलुङ सडकको १३ किलोमिटर कालोपत्रे सकियो

पहिलो खण्डको स्तरोन्नतिको काम झण्डै ६३ प्रतिशत

 मंसिर २१, २०७७ आइतबार १३:४३:२ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – राष्ट्रिय प्राथमिकता प्राप्त गल्छी–मैलुङ सडकको १३ किलोमिटर कालोपत्रे सकिएकाे छ । रसुवागढी नाका जोड्ने छोटो दुरीको रूपमा रहेको धादिङको गल्छी हुँदै रसुवाको मैलुङ जोड्ने सडकको पहिलो खण्डमा ४६ किलोमिटर कालोपत्रे गरिनेछ । त्यसमध्ये १३ किलोमिटर सडकमा दोस्रो पत्र (लेयर) को कालोपत्रे भइसकेको छ ।

चालु आर्थिक वर्ष २०७७/०७८ मा ४१ किलोमिटर कालोपत्रे गरिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेसी–रसुवागढी सडक योजनाले जनाएको छ । बाँकी पाँच किलोमिटर सडकको कालाेपत्रे आउँदो आर्थिक वर्षभित्र हुनेछ । पहिलो लेयर २१ किलोमिटर र दोस्रो लेयर १३ किलोमिटर कालाेपत्रे भइसकेको योजना प्रमुख नारायणदत्त भण्डारीले बताउनुभयो ।

रसुवागढी नाका जोड्ने सडकको स्तरोन्नतिको लागि तीन खण्डमा विभाजन गरेर काम गरिनेछ, जसअन्तर्गत पहिलो खण्डको स्तरोन्नतिको काम झण्डै ६३ प्रतिशत भएको छ । २०७५ जेठ ६ गते मैलुङ–स्याफ्रु सडकको ट्र्याक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि सडकको निर्माण गरिएको हो ।

अहिले यस क्षेत्रमा सडक चौडा बनाउने, नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ । चालु आर्थिक वर्षमा केही भाग ग्राभेलको काम सकाइने योजना प्रमुख भण्डारीले जानकारी दिनुभयो । सडक खण्डमा निर्माण हुने ३२ वटा पुलमध्ये १० वटाको अहिले निर्माण कार्य भइरहेको र पाँच वटा पुल निर्माणका लागि सम्झौता भइसकेको छ ।

यो सडक बेत्रावती कालिकास्थान, धुन्चे हुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ । बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दुरी २९ किलोमिटर मात्रै छ ।   

अन्तिम अपडेट: माघ २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया