सार्वजनिक निकायमा स्वदेशी वस्तु प्रयोग हुँदा उत्पादन क्षमता र र...
माघ २८, २०८१ सोमबार
खोटाङ – खोटाङको हलेसी तुवाचुङ नगरपालिका र उदयपुरको ताप्ली गाउँपालिका जोड्ने सुनकोशीमा झोलुङ्गे पुल निर्माण हुने भएको छ ।
हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मीटार (बालुङबारी) र ताप्ली गाउँपालिकाको थुम्की जोड्ने दुई सय ८५ मिटर लम्बाइ हुने झोलुङ्गे पुल निर्माण हुने भएको हो । सस्पेन्सन ब्रिज डिभिजन कार्यालय ललितपुरको झण्डै दुई करोड रुपैयाँ बजेटमा बन्न लागेको पुलको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई र उपमेयर विमला राईले शिलान्यास गर्नुभएको छ ।
२०७९ साल साउन ३० गतेसम्ममा पूरा गर्ने गरी जगदम्बा निर्माण कम्पनी–संजिव निर्माण कम्पनी–रुजनके निर्माण कम्पनी जेभीसँग गएको साउन ३० गते पुल निर्माणको सम्झौता भएको थियो ।
पुल बनेपछि नदी तरेरै वारपार गर्नुपर्ने बाध्यता हट्नेछ । सुनकोशीमा बन्ने झोलुङ्गे पुलले विशेषगरी हलेसी तुवाचुङ नगरपालिका र ताप्ली गाउँपालिकाका नागरिकलाई आवत–जावतमा सहज हुनेछ ।
यस्तै धार्मिकस्थल हलेसी आउन र जान पनि सहज हुने हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।